एसइईका परीक्षार्थीलाई गन्तव्यसम्म पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह

थानकोट ।
काठमाडौं महानरपालिकाले एसइईका परीक्षार्थीलाई गन्तव्यसमम पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।
महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ ।
महानगर प्रहरी बल वानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।
समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।