राजसंस्थाको पक्षमा शुक्रबार हुने जनप्रदर्शनलाई राप्रपाको पनि साथ

Thankot Times

थानकोट ।

राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौंमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पंति र आमजनतालाई अपिल गरेका छन् ।

आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘भोलि चैत १५ गते काठमाडौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंति र आम जनसमूदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’

यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनि भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *