६८ जिल्लामा रास्वपाको जिल्ला भेला सम्पन्न

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६८ जिल्लामा भेला सकेको छ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रसुवा र जुम्लामा चैत मसान्तभित्रमा जिल्ला भेला गरिसक्ने तय भएको बताए।

महाधिवेशन लक्ष्य गरेर रास्वपाले गत कात्तिक १ गतेदेखि जिल्ला भेलालाई अभियानकै रूपमा अघि बढाएको थियो।

गत असोजमा बसेको राष्ट्रिय परिषद्को पहिलो भेलाले वैशाखको २५, २६, २७ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो।

महाधिवेशनको कार्यतालिकाअनरूप नै जिल्ला भेला अघि बढाउने निर्णय गरेको थियो।

त्यसो त रास्वपाको यसअघिको पार्टी संरचनामा जिल्लामा संयोज र सहसंयोजक मात्रै रहने व्यवस्था थियो। जिल्ला समितिको भूमिका कार्यकारी थिएन।

पछि केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै जिल्ला संरचना व्यवस्थित गरेको थियो।

अहिले १ देखि २ निर्वाचन क्षेत्र भएका जिल्लामा १३ र १० सम्म निर्वाचन क्षेत्र भएका जिल्लामा २३ सदस्यीयसम्म समिति बनाउन सकिने बुर्लाकोटीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *