६८औं राष्ट्रिय सहकारी दिवस समारोह थानकोट चेकपोष्टमा आयोजना गरिने

थानकोट ।
हरेक वर्ष चैत्र २० गते मनाइने राष्ट्रिय सहकारी दिवस यसपटक पनि विविध कार्यक्रम गरी देशव्यापी रूपमा मनाउन सहकारीसँग सम्बद्ध संघसंस्थाहरूले तयारी सुरू गरेका छन् ।
चन्द्रागिरि नगरपालिकामा आगामी चैत्र २० गते बुधबार मनाइने ६८औं सहकारी दिवसका लागि चन्द्रागिरि नगर स्तरीय राष्ट्रिय सहकारी समन्वय समितिको अभिभाकत्वमा सहकारी दिवस समारोह समिति गठन भएको बताइएको छ ।
सो समितिका अनुसार चैत्र २० गते चन्द्रागिरि नगरपालिका वडा नं. ०७ चेकपोष्टस्थित प्रभात मावि हातामा आयोजना हुने मूल समारोहका लागि नगरमा क्रियाशील सहकारीहरूका प्रतिनिधिहरू बिहान ७ बजे थानकोट इमाखेल र खानेपानी चोकस्थित हिमाल पम्पमा भेला हुनुपर्नेछ । सो पछि सहकारीकर्मीहरूको सो टोली तत्पश्चात बाजागाजा, झाँकी तथा र्यालीसहित चेकपोष्टस्थित प्रभात मावि पुगी शुभकामना सभामा परिणत हुने चन्द्रागिरि नगर सहकारी समन्वय समिति जनाएको छ ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका करिब डेढ सय वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको नगरको आर्थिक विकास शाखाले जनाएको छ ।
सूचना हेराैंः