नेपाली फुटबल टिम स्वदेश फर्कियो

थानकोट ।
मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप क्वालिफायरका निम्ति मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।
नेपाली टिम बिहीबार बाटिक एयरबाट गए राति ८ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाहलगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरविरुद्ध र एएफसी एसियन कप क्वालिफायरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालले मैत्रीपूर्ण फुटबलमा सिंगापुरलाई उसैको मैदानमा १-० ले पराजित गरेको थियो ।
सिंगापुरविरुद्ध नेपाली टिमको यो पहिलो जित हो । यस्तै, क्वालिफायरमा भने नेपाली टिमले मलेसियाविरुद्ध उसैको मैदानमा २–० को हार बेहोरेको थियो ।