सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढ्यो

थानकोट ।
नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।