‘बहिनीलाई जिस्क्याएको निहुँमा’ ललितपुरमा युवकको विभत्स हत्या

Thankot Times

थानकोट ।

ललितपुरको इमाडोलस्थित ओचु हाइटमा एकजना युवकको हत्या भएको छ ।

रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचु हाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।

बिहीबार बिहान पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् ।

मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ । 

खातीको शव परीक्षणका लागि अहिले पाटन अस्पतालमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *