अर्घाखाँचीमा यात्रु बस दुर्घटना, चार जना यात्रुको मृत्यु

Thankot Times

थानकोट ।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो।

सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे-सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

मृत्यु हुनेमा तीन जना महिला र एक पुरूष रहेका छन्। मृत्यु हुनेमा बसका चालक रहेको खत्रीले बताए। तत्काल उनीहरूको पहिचान खुलिसकेको छैन्।

खत्रीका अनुसार गुडिरहेको बस अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खसेको थियो।

साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *