आज मनकामना सेवा स्थगित रहने

थानकोट ।
नेपालकै पहिलो केबलकार मनकामना केबलकारको सेवा आज (चैत्र १४) एक दिनका लागि स्थगित गरिने भएको छ ।
केबलकारको नियमित मर्मत संभारका लागि बिहीबारका केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
भोलि (चैत्र १५) शुक्रबारबाट केबलकार सेवा नियमित रुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।
एनालग प्रविधिमा रहेको मनकामना केबलकार स्थापनाको २६ वर्षपछि गत साउन-भदाै महिनामा फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गरिएको छ । सो क्रममा केबलकारको मुख्य केबुलको लठ्ठासमेत फेरिएको थियो ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।
मनकामना केबलकार प्रयोग गरि दैनिक हजाराैं स्वदेशी तथा विदेशी नागरिकहरू मनकामना मन्दिर क्षेत्र पुग्ने गरेका छन् ।