एसइईका परीक्षार्थीलाई चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट

Thankot Times

थानकोट ।

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीले चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सद्धारा जारी विज्ञप्तिका अनुसार यस माध्यमिक शिक्षा परीक्षा दिएका परीक्षार्थीले प्रवेश पत्र देखाएर चन्द्रागिरि केबलकारको टिकटमा पचास प्रतिशत छुट पाउनेछन् ।

यस्तै, ती विद्यार्थीले साइकलिङ ३६०, पिङ र स्काइ वाल्कमा समेत ५० प्रतिशत छुट पाउनेछन् ।

यो अफर चैत्र १९ गतेबाट जेठ १ सम्मका लागि लागु हुनेपनि कम्पनीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *