सुनका गरगहना बिक्री गर्न हिँडेका कलंकीका युवा समातिए

Thankot Times

थानकोट ।

काठमाडौँमा सुनका गरगहना बिक्री गर्न पसल-पसल हिँडेका एक जना पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट नुवाकोटको विदुर नगरपालिका–५ का कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकारलाई प्रहरीले पक्राउ गरेका हो।

उनको साथबाट प्रहरीले १०१ थान सुन जडित विभिन्न माला बरामद गरेको छ।

यी सुन जडित मालाको बिल नभएपछि चित्रकारलाई प्रहरी वृत्त स्वयम्भूले मंगलबार पक्राउ गरेको हो । सो बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *