युएई पठाइदिन्छु भनी ठगी गर्ने चेकपोष्टका थापा पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका-६ चेकपोष्ट घर भएका ४१ वर्षीय ती पुरुषलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुकेधाराबाट सोमबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षको नियमित बुलेटिनमा उल्लेख छ ।

ती पुरुषले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई हाल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *