सुनको मूल्य बढ्यो

थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो ।
जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम १ लाख ४८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको हो ।