एएफसी एसिया कप छनोटः नेपाल मलेसियासँग २-० ले पराजित

Thankot Times

थानकोट ।

एएफसी एसिया कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा मंगलबार साँझ सम्पन्न खेलमा नेपाल २-० ले पराजित भएको हो ।

मलेसियाले दुवै हाफमा एक/एक गोल गर्‍याे । नेपाल रहेकै समुहको अर्को खेलमा भियतनामले लाओसलाई ५–० गोलले हराएको छ ।

अब जुन महिनामा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एसियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ ।

समूह एफमा नेपाल र मलेसियासँगै भियतनाम र लाओस पनि छन् ।

होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसिया कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो । 

फाइल फोटो एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *