राप्रपाले २०८२ बैशाख ७ देखि निरन्तर आन्दोलन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार २०८२ वैशाख ७ गतेदेखि पार्टीले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले बताए । 

“राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *