मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

थानकोट ।
सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
उनका अनुसार सोमबार साँझ बसेको बैठकले २७ वटा निर्णय गरेको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएको गुरुङले जानकारी गराए । त्यस्तै, प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य, ललितपुरलाई नियुक्त गरिएको उनले जानकारी गराएका छन् ।