सुनको मूल्य घट्ने क्रम जारी

Thankot Times

थानकोट ।

आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिनको गिरावटलाई निरन्तरता दिदै आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

सोमबार भने ६ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

घरेलु बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिनपनि चाँदीको भाउमा कुनैपनि घटबढ भएको थिएन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *