२ साताअघि आफैंलाई आगो लगाएका वाणस्थलीका उत्तम कार्की स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

थानकोट ।
गत फागुन २८ गते मध्यरातमा फेसबुक लाइभ गर्दै आफैंलाई आगो लगाएका चन्द्रागिरि-५ वाणस्थलीका उत्तम कार्की अहिले कीर्तिपुर जलन अस्पतालमा उपचाररत छन् । लगातर तीनदिन भेन्टीलेटरमा राखिएका कार्की सो पछि आइसियूमा छन् ।
विभिन्न सामाजिक गतिविधिहरूमा सक्रियता देखाउँदै अभियन्ताको पहिचान बनाएका चेकपोष्ट वाणस्थलीका स्थानीय कार्कीले मध्यरातमा आत्मदाह प्रयास गरेकोमा स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । यद्यपी, पछिल्ला केही दिन कार्की अर्धचेतको कुरा गर्न थालेका छन् ।
आज (मंगलबार) शरिरका केही भाग शल्यक्रियाको तयारी हुँदैछ, सो पछि स्वास्थ्य अवस्थाको जानकारी दिन सकिने चिकित्सकले बताएका छन्- कार्कीको हेरचाहमा खटिएका उनका काका अर्जुन कार्कीले थानकोट टाइम्ससँग भने ।
उनको अनुहार, घाँटी र दुवै हात जलेका छन् । जलनको घाउ भएका कारण स्वास्थ्य अवस्था पूर्वानुमान गर्न नसकिने रहेछ । कम्तीमा ४५ दिन अस्पताल राख्नुपर्ने डाक्टरले बताएका छन्, कार्कीले भने ।
मध्यरातमा फेसबुक लाइभ गर्दै थानकोट चेकपोष्टमा एक युवाले आफैंलाई आगो लगाए
तस्वीरः सन्तोष खड्का