नागढुङ्गा सुरुङमार्गको काम १० दिनदेखि ठप्प

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प पछिललो १० दिनदेखि ठप्प छ । आयोजना क्षेत्र वरपरका स्थानीयसँग विभिन्न समयमा भएका सहमति कार्यन्वयन नभएको एवं मागहरू व्यवस्थित गर्नुपर्ने भन्दै गत आइतबारबाट स्थानीयले आयोजनाका तीन वटै क्षेत्रमा काम अवरुद्ध गरेका हुन् । 

सुरङमार्गको धुनिवेशी, टोटीपाखा र दुरसञ्चार क्षेत्रमा काम ठप्प बन्दा करिब ४ सय कामदार फुर्सदिला बनेका छन् । 

निर्माण अन्तिम चरणमा पुगेका बेला काम अवरुद्ध हुँदा परियोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको छ।

हाल सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माण लगायतका काम अन्तिम चरणमा छन्। यस्तै, बलम्बुस्थित किसीपीडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि रोकिएको छ। चन्द्रागिरी नगरपालिका–२ टुटीपाखाका स्थानीयले पूरा भइसकेका आफ्ना मागहरू व्यवस्थित गर्नुपर्ने भन्दै निर्माणमा अवरोध गरेका हुन्। उनीहरूले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रमहरू या त परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्नेवाला सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन्।

स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन। निर्माण सुरु भएदेखि हालसम्म उनीहरूले छ पटक काममा अवरोध गरेका छन्। एक दिन काम बन्द हुँदा ५० लाख रुपैयाँभन्दा बढी घाटा हुने निर्माण कम्पनीले जनाएको छ। यस क्षेत्रका स्थानीयले पटक–पटक नयाँ माग राख्दै निर्माण कार्यमा अवरोध गर्दै आएका छन्। आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको धेरैजसो माग सम्बोधन गरिसकेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *