नैकापको जग्गा समस्याः सांसद्सहित चन्द्रागिरिका जनप्रतिनिधिले भेटे भूमि व्यवस्था मन्त्री

थानकोट ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी समक्ष चन्द्रागिरि नगरपालिका वडा नं. १४ का जनप्रतिनिधिले भेट गरी नयाँ नैकाप क्षेत्रको जग्गाको समस्या समाधानका लागि अनुरोध गरेका छन् ।
सोमबार सांसद् कृष्णगोपाल श्रेष्ठ, वडाध्यक्ष राजभाइ महर्जनसहितको टोलीले मन्त्री अधिकारीसँग नयाँ नैकाप क्षेत्रका स्थानीयले वर्षाैंदेखी उपभोग गर्दै आएको जग्गाको लालपूर्जा व्यवस्था गरिदिन अनुरोध गरेको हो ।
सो क्रममा मन्त्री अधिकारीले जनताको समस्या समाधानका लागि आफु सदैव लागिरहेकोले नैकाप क्षेत्रको जग्गाको लालपुर्जाको समस्यापनि समाधान गर्ने आश्वासन दिएको बताइएको छ ।
वडाध्यक्ष महर्जनका अनुसार नयाँ नैकाप (साबिक वडा नं. १, ५ र ६) क्षेत्रका करिब ३ सय घरपरिवार लालपूर्जाबाट वञ्चित छन् ।
उनीहरुले १५६ रोपनी भन्दा धेरै जग्गा भोगचलन गर्दै आएका छन् ।
नैकापका जनप्रतिनिधिले यसअघि गत फागुन १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सो क्षेत्रको जग्गाको समस्या समाधानका लागि अनुरोध गरेका थिए ।
चन्द्रागिरिका जनप्रतिनिधिले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्रमा के छ ?