थानकोट-चित्लाङ सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान

थानकोट ।
सडक डिभिजन कार्यालय काठमाडौंले गणेशमान सिंह मार्ग (थानकोट-चन्द्रागिरि चित्लाङ सडक)को स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेको छ ।
सोमबार एक राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै कार्यालयले बहुवर्षीय ठेक्का आह्वान गरेको हो ।
सडकको चेनेज ७००० देखी १०२५० सम्म स्तरोन्नतिका लागि सो टेण्डर आह्वान भएको सो सूचनामा उल्लेख छ । जसअनुसार सो सडकको ३.२५० किलोमिटर क्षेत्र स्तरोन्नति हुने छ।