बलम्बुमा दिउँसै १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी

थानकोट ।
चन्द्रागिरि नगरपालिकामा १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका- १२ बलम्बुस्थित ट्यार्चाटोल बस्ने तेजनारायण गैरेको घरबाट नगद एक लाख रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब १७ लाख ९९ हजार आठ सय रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएकाे हो ।
सो चोरीमा संलग्न व्यक्ति फरार रहेकोले खोजी कार्य भइरहेको तथा घटनाको अनुसन्धान अघि बढाइएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।