सुनको मूल्य घट्यो

थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।
सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सोमबार चाँदीको मूल्य भने स्थिर छ ।
आज चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको हो ।