काठमाडाैं जिल्ला डजबल संघको तदर्थ समिति गठन

Thankot Times

थानकोट ।

नेपाल डजबल महासंघको आयोजनामा काठमाडौं जिल्लाको पहिलो भेलाले जिल्ला डजबल संघको तदर्थ समिति गठन गरेको छ।

जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीको उपस्थितिमा सम्पन्न भेलाले नारायण वाग्लेको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति चयन गरेको हो।

सो तदर्थ समितिमा राजेन्द्र प्रसाद उपाध्याय अधिकारी, श्याम बहादुर श्रेष्ठ, सुरेश धमला, लक्ष्मी बराल, पवित्रा गिरी नेपाल, प्रश्ना गौतम, मनोरंजन ठाकुर, रामचन्द्र गौतम, बुद्धिमान लामा र शोभा ठाकुर सदस्यका रूपमा रहेका छन्।

जिल्ला खेलकुद विकास समिति, काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामीले आफ्नो कार्यकालमा यस खेललाई लोकप्रिय खेलको रूपमा विकास भएको हेर्ने इच्छालाई व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *