नागढुङ्गामा दुर्घटना, मृतक महिलाको पहिचान हुन बाँकी, चन्द्रागिरिका दुईसहित ७ यात्रु घाइते

थानकोट ।
नागढुङ्गामा आइतबार साँझ भएको हायस दुर्घटनामा परि मृत्यु हुने महिलाको पहिचान हुन बाँकी रहेको छ ।
करिब २५ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा अन्य ७ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेकी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको छ ।
चन्द्रागिरि नगरपालिका-१५ की ३३ वर्षीया बिन्दु देवकोटा र उनका छोरा दिब्यन पोख्रेल दुर्घटनामा घाइते भएका छन् । दिब्यन डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनामा अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई घाइते भएकोमा उनीहरूको उपचार भइरहेको बताइएको छ ।
चितवनबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको हायस गाडीका चालक नागढुङ्गा चोकमा ट्राफिक प्रहरीको चेकिङका क्रममा ओर्लिएपछि हायस आफैं गुड्दै करिब १५० मिटर पर पुगेपछि कान्लामा अडिएको थियो ।
नागढुङ्गामा चालक ओर्लिएपछि हायस आफैं गुड्यो, ज्यान बचाउन हाम फाल्दा १ यात्रुको मृत्यु