नेपाली बजारमा सुनको मूल्य घट्यो

थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।