नेपाली फुटबल खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् ।

“बधाई नेपाली !! नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ,” प्रधानमन्त्रीले लेखेका छन् ।

शुक्रबार सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *