चन्द्रागिरि क्षेत्रमा भीषण हावाहुरी, दहचोकका वनमा डढेलोले सखाप

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकका विभिन्न स्थानमा अहिले साँझ भीषण डढेलो लागिरहेको छ ।

शनिबार दिउँसोबाट लागेको डढेलो तिव्र गतिमा हावाहुरी चलिरहँदा थप स्थानमा विस्तार भएको छ ।

शुक्रबार पनि स्थानीय केउरानी सामुदायिक वनमा भीषण डढेलो लागेको थियो । सो डढेलो करिब ११ घण्टाको प्रयासमा साँझ नियन्त्रणमा आएपनि पछि पुन सल्किएको थियो ।

अहिले दहचोकको केउरानीका अतिरिक्त इन्द्रदह क्षेत्रको वनमा समेत भीषण डढेलो लागेको देख्न सकिन्छ ।

स्थानीय प्रशासनले डढेलो नियन्त्रणको प्रयास जारी रहेको बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *