काठमाडौं जिसस कप फुटबलको उपाधि दक्षिणकाली नगरपालिकालाई

थानकोट ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी जिसस काठमाडाैं कप फुटबल प्रतियोगिताको उपाधि दक्षिणकाली नगरपालिकाले जितेकाे छ ।
शनिबार सम्पन्न फाइनलमा चन्द्रागिरि नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिणकालीले उपाधि जितेको हाे ।
निर्धारित समयमा २-२ गाेल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियाे । जहाँ दक्षिणकाली ४-२ ले अग्रभागमा रहँदै उपाधि चुम्यो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेकाे काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्ताले जनही २५ हजार रुपैयाँ तथा ट्रफी हात पारे ।