आइपीएल-२०२५ आजबाट, उद्घाटन खेल कोलकोत्ता र रोयल च्यालेन्जर्स भिड्ने

थानकोट ।
यस वर्षको इन्डियन प्रिमियर लिग (आइपीएल) शनिबारबाट सुरु हुँदैछ।
प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन् ।
उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।
उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुनेछ ।
शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्ना हजाराैं समर्थकका माझ विराट कोहलीको टिम आरसीबीसँग टक्कर दिनेछ ।
प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। जुन भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुने बताइएको छ।
२०२५ को आइपीएल १० हप्ता लामो हुनेछ।