चैत्र १४ का दिन मनकामना केबलकार सेवा स्थगित रहने

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार मनकामना केबलकारको सेवा यही चैत्र १४ गते एक दिनका लागि स्थगित हुने भएको छ ।

केबलकारको नियमित मर्मत संभारका लागि चैत्र १४ गते बिहीबारका दिन केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

चैत्र १५ गते शुक्रबारबाट केबलकार सेवा नियमित रुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।


एनालग प्रविधिमा रहेको मनकामना केबलकार स्थापनाको २६ वर्षपछि गत साउन-भदाै महिनामा फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गरिएको छ । सो क्रममा केबलकारको मुख्य केबुलको लठ्ठासमेत फेरिएको थियो ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।

मनकामना केबलकार प्रयोग गरि दैनिक हजाराैं स्वदेशी तथा विदेशी नागरिकहरू मनकामना मन्दिर क्षेत्र पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *