हावाहुरीसँगै केउरानी वनमा फेरि सल्कियो आगो, दिनभरको परिश्रम फोस्सा !

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१ दहचोकको केउरानी सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान लागेको आगो ११ घण्टाको परिश्रमपछि नियन्त्रणमा आएपनि सो परिश्रम फोस्सा भएको छ ।
शुक्रबार साँझ तिव्र वेगमा हावाहुरी चलेपछि निभिसकेको आगोले पुनः उग्ररुप लिएको छ ।
१२२ जना जनशक्ति तथा २ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएपनि साँझबाट पुनः वनक्षेत्रमा आगो लाग्न सुरु भएको हो ।
१२२ जना जनशक्ति, २ वटा दमकल प्रयोगपश्चात ११ घण्टापछि निभ्यो केउरानि वनमा लागेको आगो