आज शुक्रबार नेपाली बजारमा सुनको भाउ कति छ ?

Thankot Times

थानकोट।

आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । 

जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।

बिहीबार प्रति तोला २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *