केउरेनी वनमा लागेको आगो नियन्त्रणमा लिन प्रहरी, सेनासमेत परिचालन

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं. १ दहचोकको केउरेनी वनमा शुक्रबार बिहानबाट लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।
सो वनका विभिन्न ६ स्थानमा आगलागी भएकोमा बिहान १०ः३० बजेसम्म ४ स्थानमा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यका अनुसार अहिले आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, चन्द्रागिरि नगरप्रहरी, स्थानीय बासी लगायत खटिएका छन् ।
आगलागीमा कुनै मानवीय क्षति नभएको बताइएको छ ।