हिसान बागमती प्रदेश अधिवेशन सम्पन्न, जेसिस स्कुलका सरोज महर्जन सदस्यमा निर्वाचित

Thankot Times

थानकोट ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को दोश्रो बागमती प्रदेश अधिवेशन सम्पन्न  भएको छ ।

बुधबार सम्पन्न अधिवेशनले राजकुमार आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

हिसान बागमती प्रदेश अध्यक्षमा राजकुमार आचार्यसहित सम्पूर्ण २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षमा आनन्द कुमार यादव र सन्दिप श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवमा मदन कुमार सुवेदी, सह-सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा जयराम वाग्ले निर्वाचित भएका छन् ।

सदस्यहरुमा चन्द्रागिरि नगरपलिका ११ सतुङ्गलस्थित जेसीस इन्टरनेशनल स्कुलका प्रधानाध्यापक एवं प्याब्सन चन्द्रागिरिका अध्यक्ष सरोज महर्जन, बुद्धिराम बन्जाडे, नन्दु कुशवाहा, बरुण पन्थी, आर.डी भट्ट, सुदर्शन जमरकट्टेल, ऋतु न्यौपाने, होम बाहदुर अधिकारी, लक्ष्मण पोख्रेल, पेशल लुइटेल, आकाश पौडेल, विष्णु शर्मा, राम प्रसाद बडाल, भुशील खनाल र नेत्र प्रसाद भुसाल निर्वाचित भए  ।

नवनिर्वाचित कार्यसमितिको ३ वर्षको कार्यकाल रहने छ ।

तस्विरः श्याम महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *