चन्द्रागिरिसहित उपत्यकाका ४ स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएनन्

थानकोट ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते चन्द्रागिरि, दक्षिणकाली, मध्यपुर ठिमी नगरपालिका र ललितपुरको बागमती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
तर, ती स्थानीय तहहरूले प्रमुख प्रशासकीय अधिकृतहरूलाई अहिलेसम्म हाजिर नै गराएका छैनन् ।
चन्द्रागिरि नगरकाे प्रमुख प्रशासकीय अधिकृतमा भुवनेश्वर लामिछाने नियुक्त
यसका कारण स्थानीय तहहरूको आर्थिक कारोबार रोकिएको छ भने सरुवा भएका कर्मचारीहरू जिम्मेवारीविहीन बनेका छन् । मन्त्रालयले चन्द्रागिरि नगरपालिकामा उपसचिव भुवनेश्वर लामिछाने, दक्षिणकालीमा राम प्रसाद आचार्य, मध्यपुर ठिमीमा महेन्द्र विश्वकर्मा र बागमती गाउँपालिकामा भक्त बहादुर खड्कालाई खटाएको थियो ।
२१ उपसचिवको सरुवा, चन्द्रागिरि नगरले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो कि त ?
चन्द्रागिरि र दक्षिणकालीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू सहसचिवमा बढुवा भएपछि ती पद रिक्त भएका थिए । तर, स्थानीय तहहरूले मनोमानी गर्दै आफूलाई मन पर्ने कर्मचारी नपठाइएपछि नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गर्न अस्वीकार गरेका छन् ।
चन्द्रागिरि र दक्षिणकाली नगरका मेयर आफ्नो अडानबाट टसको मस नभएपछि….
रमनासमेत लिइसकेका अधिकृतहरू घरका न घाटका भएका छन् । चन्द्रागिरीमा पठाइएका लामिछानेले फागुन १ गते नै रमाना लिएका थिए भने मध्यपुर ठिमीका महेन्द्र विश्वकर्माले फागुन १९ गते र दक्षिणकालीका राम प्रसाद आचार्यले फागुन ६ गते नै रमाना लिएका थिए ।
चन्द्रागिरि नगरमा आठाैं प्रमुख प्रशासकीय अधिकृतले किन हाजिर गर्न पाएनन् ?
उपसचिव भुवनेश्वर लामिछानेले मन्त्रालयले रिक्त स्थानमा सरुवा गरिसकेपछि हाजिर नगराउनु मन्त्रालयको निर्णयको अवज्ञा भएको बताएका छन्। यसले सबै स्थानीय तह रिक्त हुने अवस्था सिर्जना गर्ने चेतावनी दिँदै उनले गलत नजिर बस्न सक्ने बताए। साथै, संघीय सरकारको दरबन्दीमा “मेरो भनेको मान्छे हुनुपर्छ” र “मसँग समन्वय गर्नुपर्छ” भन्ने सोच उचित नभएको उनको धारणा छ।
कार्यसम्पादन करारपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइने- मेयर गिरी (भिडिवो)
प्रशासनबाट