बलम्बुमा एक जना शिशुको शव भेटियो

थानकोट ।
चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा एकजना शिशुको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बिहीबार साँझ ५ बजेतिर बलम्बु मावि पछाडिको बलम्बु खोला किनारमा शव भेटिएको हो ।
प्रहरीका अनुसार हिलोमा लत्पतिएर वेवारिसे अवस्थामा शव देखेको खबर आएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो ।
हालसम्म शवको पहिचान खुलेको छैन भने घटनाबारे खबर आएलगत्तै प्रहरी वृत्त, थानकोटबाट समेत प्रहरी अधिकारीहरूको टोलीले अनुसनधान थालनी गरेको थियो ।
प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान जारी रहेको एसपी बोहोराले जानकारी दिए ।