गुर्जुधारा यातायात कार्यालय क्षेत्रबाट १७ जना समातिए

थानकोट ।
सेवाग्राहीलाई दुःख दिने तथा अभद्र व्यवहार गरेको आरोपमा यातायात कार्यालय गुर्जुधाराबाट १७ जना पक्राउ परेका छन्।
सेवाग्राहीहरूलाई छिटो काम गरिदिने भनेर अनावश्यक दुःख/हैरानी गरी अभद्र गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको विषयमा आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ।