काठमाडाैं जिसस कप फुटबल: चन्द्रागिरि नगरपालिका फाइनलमा प्रवेश

थानकोट ।
चन्द्रागिरि नगरपालिका जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी जिसस काठमाडाैं कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा कीर्तिपुर नगरपालिकामाथि १-० को संघर्षपूर्ण जित निकाल्दै चन्द्रागिरि नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफको २३औं मिनेटमा चन्द्रागिरिका आयुष्मान श्रेष्ठले गरेको १ गोल चन्द्रगिरि नगरलाई प्रथम जिसस कपको उपाधिनजिक पुर्याउन पर्याप्त रह्यो ।
बिहीबार नै हुने दोश्रो सेमीफाइनलमा दक्षिणाकाली र तारकेश्वर नगरपालिकाबीचको खेलको विजेतासँग चन्द्रागिरि नगरपालिकाले शनिबार उपाधिका लागि खेल्नेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको टिम सेटः
मुख्य प्रशिक्षकः रमेश बुढाथोकी, सहायक प्रशिक्षकः हिराकाजी महर्जन, अफिसियलः समीरजंग कार्की, खेलाडीः राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा