प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

थानकोट ।
प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीनवटा बिधेयक प्रस्तुत गर्नेछन् ।