अमेरिकी भिसा पाएकाहरु पनि सधै निगरानीमा

Thankot Times

थानकोट ।

संयुक्त राज्य अमेरिकाले अमेरिका प्रवेशको भिसा पाइसकेपछि पनि जाँच नरोकिने जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जनाएको छ ।

भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासन सम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ ।

यदि भिसा भएकाहरुले नियम उल्लंघन गरेको खण्डमा अमेरिकाले उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्न सक्ने जनाएको छ ।

‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं,’ दूतावासले भनेको छ ।

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि अवैध आप्रवासीमाथि अमेरिकाले कडाइ गरिरहेको छ ।

केही समयअघि अमेरिकाले चार्टड विमानमार्फत नेपालीहरुलाई फिर्ता गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *