काठमाडाैं जिसस कप फुटबल: फाइनल प्रवेशका लागि चन्द्रागिरिले आज कीर्तिपुरको सामना गर्दै

थानकोट ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा जारी जिसस काठमाडाैं कप फुटबल प्रतियोगिताको सेमीफाइनलहरू आज हुँदैछन् ।
प्रतियोगितााको सेमीफाइनलमा समुह ए को विजेता कीर्तिपुर नगरपालिका र समुह बी को उपविजेता चन्द्रागिरि नगरपालिका बीच खेल हुनेछ । दोश्रो सेमीफाइनलमा समुह ए को उपविजेता दक्षिणकाली नगरपालिका र समुह बी को विजेता तारकेश्वरबीच खेल हुनेछ ।
पहिलो सेमीफाइनल खेल बिहान १०ः३० बजे र दोश्रो खेल मध्यान्ह १२ः३० बजे हुनेछ ।
प्रतियोगितामा काठमाडाैंका विभिन्न ६ स्थानीय तहले भाग लिएका थिए जसमा दक्षिणकाली, नागार्जुन, कीर्तिपुर, चन्द्रागिरि, बुढानीलकण्ठ र तारकेश्वर रहेका छन् ।
फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख, द्धितिय हुनेले २ लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने जिसस काठमाडाैंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ हात पार्दा प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक र सर्वाधिक गोकलकर्तालाई जनही २५ हजार रुपैयाँ तथा ट्रफी दिइने बताइएको छ ।
यस्तो छ चन्द्रागिरि नगरको टिम सेटः
मुख्य प्रशिक्षकः रमेश बुढाथोकी, सहायक प्रशिक्षकः हिराकाजी महर्जन, अफिसियलः समीरजंग कार्की, खेलाडीः राजिव श्रेष्ठ, सुसान्त घिमिरे, अनलि गुरुङ, रोहित थापा, सिल्भा कान्दङ्वा, सबल महर्जन, विशाल गोपाली, सायस श्रेष्ठ, अभिमान सिंह बस्नेत, सक्सम शाही, रोहन बुढाथोकी, आयुष्मान श्रेष्ठ, रन्जन श्रेष्ठ, साहिल राना, साहिल अधिकारी, अविरल रिजाल, विश्वास परियार र विजय थापा