चन्द्रागिरि हिल्सले वन क्षेत्रमा प्रवेश गर्दा शुल्क लिन थालेपछि ४ वटा सामुदायिक वनसँग बैठक……

थानकोट।
चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले भालेश्वर डाँडा पुग्ने वरपरका सामुदायिक वन क्षेत्रका गाैंडामा तगारो राखेर प्रवेश शुल्क लिएको विषयले पछिल्ला दिन सामाजिक सञ्जाल रंगीन बनेको छ ।
मुख्यतः चन्द्रागिरि नगरपालिका-०४ स्थित देउराली भञ्जाङ्ग हुँदै भालेश्वर डाँडा पुग्न प्रमुख मध्येको एक पैदल मार्ग प्रवेश गरेको विषयले सामाजीक सञ्जालमा चर्चा पाएको हो । यद्यपी यो विषय करिब ९ महिना अघि नै छताछुल्ल भइसकेको भएको हो ।
सो समय प्रवेश शुल्कका सन्दर्भमा स्थानीय रुपमा चासो, चिन्ता र चर्चा हुन थालेपछि भालेश्वर डाँडा वरपरका सामुदायिक वन उपभोक्ता समितिसँग केबलकार प्रवर्द्धक संस्थाको अग्रसरतामा बैठक बसेको थियो ।
सव डिभिजन वन कार्यालय काठमाडाैंका वन अधिकृत अशोक पराजुली, चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत अरुण बराल, सो संस्थाका प्रशासन प्रमुख झलक पाैडेल, स्थानीय सामुदायिक वन उपभोक्ता समितिहरू क्रमश गुमालचोकी, महांकाल, गणेशदेवी वनदेवी, चन्द्रागिरि सचेत महिला का अध्यक्ष लगायतको बैठकले सो टिकट शुल्कका विषयमा समेत निर्णय गरेको थियो ।
यससँग सम्बन्धित पुरानो समाचार पढ्नुहोस्
सामुदायिक वन प्रवेशमा १ सय रूपैयाँ लिएको विषयमा चन्द्रागिरि हिल्स को भनाइ के छ ?
२०८१ जेठ २८ गते बसेको सो सामुहिक बैठकले के-के निर्णय गरेको थियो ? हेर्नुहोस्