चेकपोस्ट खानेपानी चाेकमा भयंकर सवारी दुर्घटना टर्याे

Thankot Times

थानकोट ।
थानकोट-कलंकी सडक खण्डअन्तर्गत चेकपोस्ट खानेपानी चाेकमा बुधबार भयंकर सवारी दुर्घटना टरेकाे छ ।

साँझ ५:१० बजे कलंकीतर्फ जाँदै गरेकाे ना ८ ख १८८७ नम्बरको लाेड ट्रक सडक बीचको ग्रिनल्याण्डमा ठाेकिएकाे छ ।

वाणस्थलीबाट मूख्य सडकमा आउँदै गरेकाे बा ११ च ५४९२ नम्बरको टाटा माेबाइल बचाउने क्रममा उक्त ट्रक ग्रिनल्याण्डमा ठाेकिएकाे हाे ।
साे क्रममा कुनै मानवीय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्रकले ठक्कर दिँदा ग्रिनल्याण्डमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताए । घटनापछि साे क्षेत्रमा भीड जम्मा भएको छ ।

ग्रिनल्याण्ड नभएको भए साे दुर्घटनामा भयंकर क्षति हुने रहेछ, घटना प्रत्यक्ष देखेका एक पुरुषले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *