नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक बिन्दु कायम गरेको छ।
अघिल्लो कारोबार दिन हिजो मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज बुधबार प्रतितोला मूल्य १ लाख ७६ हजार पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रति तोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ।
आज चाँदीको भाउ भने सामान्य घटेको छ।
यसदिन चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दा २ हजार ४५ रुपैयाँ कायम भएको छ।