ट्रकमा भेटियो २५ करोड रुपैयाँ, ०७३ सालमा ७ किलो सुनसहित कलंकीबाट समातिएका थिए चालक

थानकोट ।
टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट सोमबार राति २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
ना. ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर सो रकम लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो।
लामा रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
उनीमाथि थप अनुसन्धान जारी छ ।
तस्वीरः सामाजिक सञ्जालबाट