मोबाइल चार्ज गर्नुभयो? नैकाप-बलम्बु-दहचोक-खहरे क्षेत्रमा ११ बजेपछि बिजुली सेवा अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

आज मंगलबार चन्द्रागिरि नगर क्षेत्रका विभिन्न क्षेत्रमा बिहान ११ बजेबाट बिजुली सेवा अवरुद्ध हुँदैछ ।

प्राधिकरणको बलम्बु उपवितरण केन्द्रको थानकोट फिडर अन्तर्गत कन्डक्टर स्तरोन्नतिको कार्य हुने भएकोले आज नैकाप-बलम्बु-चुनदेवी-खहरे-दहचोक लगायतका क्षेत्र बिजुली सेवा अवरुद्ध हुने प्राधिकरणको बुलेटिनमा उल्लेख छ ।

कार्य निर्धारित समय (अपरान्ह ४ बजे) अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *