चन्द्रागिरि वनमा प्रवेश गर्दा शुल्क लिएको विषयमा चन्द्रागिरि वडा नंं ४ कार्यालयको ‘एक्सन’

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकाको सीमा क्षेत्र चित्लाङ देउराली भन्ज्याङ्ग हुँदै भालेश्वर मन्दिर पुगिने पदमार्गमा ढाट राखेर प्रवेश शुल्क लिएको विषयमा चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटले ध्यानाकर्षण भएको जनाएको छ।

‘घाँस दाउरा गरेको वनमा चन्द्रागिरि हिल्सले प्रवेश शुल्क लिँदा हामी हेरेको हेर्यै’ वडाध्यक्ष अधिकारी

चन्द्रागिरि हिल्सले करिब १ वर्षअघि बाट नै सो क्षेत्रमा प्रवेश दस्तुर लिँदै आएको भएपनि सामाजिक सञ्जालमा पछिल्लो साता पुन सो विषयले चर्चा पाएपछि चन्द्रागिरि नगरपालिका वडा नं. ४ ले पत्राचार गर्दै विदेशी पर्यटक बाहेक अन्यलाई वनमा प्रवेश गर्दा शुल्क नलिन अनुरोध गरेको हो ।

सामुदायिक वन प्रवेशमा १ सय रूपैयाँ लिएको विषयमा चन्द्रागिरि हिल्स को भनाइ के छ ?

यसअघि थाहा नगरपालिका-९ चित्लाङले पनि सोमबार सूचना जारी गर्दै वन क्षेत्र प्रवेशमा उठाइने शुल्क खारेज गर्न अनुरोध गरेको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *