सुनको मूल्य स्थीर रहँदा चाँदीको मूल्यमा सामान्य गिरावट

थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिन हिजो आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।
आइतबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लाे दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।