ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने

Thankot Times

थानकोट ।

अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । 

यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन । काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसरी ढोका खुला राखेर सवारी चलाउँदा यात्रु लडेर थुप्रै दुर्घटना भएको पाइन्छ ।

त्यस्तै अवस्था ठिक नभएको सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने समेत उल्लेख छ ।

निषेधित क्षेत्र र समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा गरिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *